भोलिको नेपाल - हरिभक्त कटुवाल
A poem written more than 40 years ago . . .
यी केहि पनि प्रसस्त हुने छैनन् उनीहरुक लागि |
ती त सपना बोकेर आएरहेछन - निर्माणक गीत गाउदै
उनीहरुलाई छेक्न नखोज !
आफुलाई चाहिने घर
आफुलाई चाहिने सडक
आफुलाई चाहिने मन्दिर
उनीहरु आफै बनाउनेछन्
निश्चित छ - भोलिको नेपाल उनीहरुले चाहे जस्तै हुनेछ | कटुवाल, ह. (२०२९)यो जिन्दगी खै के जिन्दगी | प्रथम संस्करण. काठमाडौँ: रत्न पुस्तक भण्डार.
ती जो बिहानै काखीमा पुस्तकको ठेली च्यापेर
हुलक हुल निस्किरहेछन् गल्ली-गल्लीबाट
तिनलाई बाटो छोडिदेऊ !
ती लहर जस्तै उर्लेर आएरहेछन् |
यी घर - जसलाई हामी घर ठानिरहेका छौ
यी सडक - जसलाई हामी सडक भनिरहेका छौ
यी केहि पनि प्रसस्त हुने छैनन् उनीहरुक लागि |
ती त सपना बोकेर आएरहेछन - निर्माणक गीत गाउदै
उनीहरुलाई छेक्न नखोज !
आफुलाई चाहिने घर
आफुलाई चाहिने सडक
आफुलाई चाहिने मन्दिर
उनीहरु आफै बनाउनेछन्
निश्चित छ - भोलिको नेपाल उनीहरुले चाहे जस्तै हुनेछ | कटुवाल, ह. (२०२९)यो जिन्दगी खै के जिन्दगी | प्रथम संस्करण. काठमाडौँ: रत्न पुस्तक भण्डार.
Comments
Post a Comment