Posts

Showing posts with the label जहाँ छन् बुद्धका आँखा

जहाँ छन् बुद्धका आँखा - भक्त राज आचार्य

जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र शुन्दर त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर प्राण भन्दा प्यारो लाग्छ, मेरो देश कता कता छल्किन्छ ममता मेरो , भाव गंगा जता जता . . . जहाँ छन् बुद्धका आँखा . . . माया नेपालको लाग्छ, नेपाली इतिहासको माया नेपालको लाग्छ, नेपाली इतिहासको माया प्रकृतिको लाग्छ, कला भाषा र भेषको पुर्खाको मन्त्र यो जप्छु, चौतारीमा बसी जननी जन्म भूमिश्च, स्वर्गदपी गरियसी . . . जहाँ छन् बुद्धका आँखा . . . छ ठुलो चाहाना मेरो, आमालाई हँसाउने छ ठुलो चाहाना मेरो, आमालाई हँसाउने सर्बोच्च शिखरबाट, बिश्व शान्ति सुनाउने यही प्यारो मृतिक्का माथि, पौरखी बनि कन पार्छु यो चाहाना पूर्ण, गरि देह समर्पण . . . जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र शुन्दर त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर प्राण भन्दा प्यारो लाग्छ, मेरो देश कता कता छल्किन्छ ममता मेरो , भाव गंगा जता जता . . . जहाँ छन् बुद्धका आँखा . . . © 2013 Pravab