म झुक्दै नझुक्ने नेपालको छोरो - गोपाल योन्जन
म झुक्दै नझुक्ने नेपालको छोरो - गोपाल योन्जन बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मी, पाखुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो म झुक्दै नझुक्ने नेपालको छोरो खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छोपिन्न खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छोपीन्न घोटिऐर हात पाऊ झरी जाऊ नौला तर कोई अगाडी यी हात जोडिन्न यी हात जोडिन्न बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मी, पाखुरीमा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो म झुक्दै नझुक्ने नेपालको छोरो आ आ आ आ आ आ आ आ आ आ आ आ आ आ आ आ म आगो सहन्छु, अन्याय सहन्न म ति्ष्ना सहन्छु, तिरस्कार सहन्न म आगो सहन्छु, अन्याय सहन्न म ति्ष्ना सहन्छु, तिरस्कार सहन्न मेरो शिर उडाऊ, बरु त्यो सहन्छु तर कोहि परायाले टेके सहन्न, टेके सहन्न बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मी, पाखुरीमा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो म झुक्दै नझुक्ने नेपालको छोरो © 2013 Pravab ...