केही मिठो बात गर - नारायण गोपाल
केही मिठो बात गर, रात तेसै ढल्किदै छ *2 भरे फेरि एकांतमा,रुनु त छदै छ केही मिठो बात गर, रात तेसै ढल्किदै छ रमाइलो कुरा गर,सपनाको कुरा गर *2 संगसंगै बिताएको सम्झनको कुरा गर सम्झनाको कुरा गर दुखः छोड, दुख़ःलाइ त जिन्दगानी छदै छ भरे फेरि एकांतमा रुनु त छदै छ केही मिठो बात गर रात तेसै ढल्किदै छ आउ नाचौ अध्यारोमा, जूनकीरि नाचे जस्तै *2 बतासमा उडौ आज, सिमलको भुवा जस्तै सिमलको भुवा जस्तै दुई कदम साथ हिडौ, छुटिनु त छदै छ भरे फेरि एकांतमा रुनु त छदै छ केही मिठो बात गर, रात तेसै ढल्किदै छ . . .