Posts

Showing posts with the label Kun Mandir Ma Janchau Yatri

कुन मन्दिरमा जान्छौ यात्री - बासुदेव ~ रबिन शर्मा

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री? हाडहरूको सुन्दर खम्बा, मांसपिण्डको दिवार ! मस्तिष्कको सुनको छाना, इन्द्रियहरूको द्वार ! नसा-नदीका तरल तरङ्ग, मन्दिर आफू अपार ! कुन मन्दिरमा जान्छौ यात्री? साथी यात्री बीच सडकमा, ईश्वर हिंडछ साथ! चुम्दछ ईश्वर काम सुनौला, गरीरहेको हात! छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ! कुन मन्दिरमा जान्छौ यात्री? फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ ! मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ! मानिसहरु भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ कुन मन्दिरमा जान्छौ यात्री? सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा बोल्दछ ईश्वर मामानिसहरूको, पिडा, दु:खको गानामा दर्शन किन्तु कहिँ दिँदैन, चर्म-चछुले कानामा। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री. . . © ...