Posts

Showing posts with the label फत्तेमान

यस्तो पनि हुँदो रहेछ - फत्तेमान

यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ मेरो जस्तो माया दिने तिमिलाइ हजार होला तिम्रो लागि मेरा जस्ता हजार हजार मुटु रोला जसलाइ आफ्नो सम्झेको थियेँ उही बिरानो भयो अहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ मेरो माया कुल्चिजाने तिम्रो माया फलोस फुलोस मेरो इच्छा मारि जाने तिम्रो इच्छा सधै पुगोस उदास आख़ाँ मेरा पनि सपना देख्थे कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ

मर्न बरु गाह्रो हुन्न - फत्तेमान

मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिन्न -२ मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिन्न -२ बशन्त को हरियाली फूल संगै ओइली जान्छ-२ निलो भुइँको सेतो बादल हावा संगै उडी जान्छ तर तिम्रो न्यानो माया-२ अझैं पनि न्यानो नै छ तिम्रो माया मार्नै सकिन्न -२ मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिन्न -२ धेरै लामो बाटो हामी संग संगै हिंडी सक्यौं-२ टाढा टाढा कता कता हामी दुवै पुगी सक्यौं तर अन्त्य यसको यहीं-२ भन्न अझै मनै भएन तिम्रो माया मार्नै सकिन्न -२ मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिन्न -२