यति धेरै माया दिई - नारायण गोपाल

यति धेरै माया दिई मन भरी दुख नदेउ
यति धेरै माया दिई मन भरी दुख नदेउ
बाटो वर-पर फुल्ने पलास टिपी शिरमा नलाउ
यति धेरै माया दिई . . .

जो भाग्यमा कोरिएका सुख दुख स्वीकार छन्
जो भाग्यमा कोरिएका सुख दुख स्वीकार छन्
केही तिता पल, केही मीठा पल
सबै सबै स्वीकार छन्
यी हातहरु प्रशस्त छन्, भो सान्त्वना मलाई नदेउ
यति धेरै माया दिई . . .

यो बाटोमा कति काँढा कति फूल टिपी हिंडें
यो बाटोमा कति काँढा कति फूल टिपी हिंडें
कति पराई आफ्ना देखें, कति आफ्ना पराई भेटें
यो जिंदगीको मोडमा भो सहारा मलाई नदेउ
यति धेरै माया दिई, मन भरी दुख नदेउ
यति धेरै माया दिई . . .

© 2013 Pravab

Comments

Popular posts from this blog

Service and the Characteristics of Service: Intangibility, Inseparability, Variability and Perishability.

Naruto quotes [Volume 46-48: Episodes 423 - 453]

Naruto Volume 1 quotes [Episodes 1 - 7]