जहाँ छन् बुद्धका आँखा - भक्त राज आचार्य
जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र शुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर
प्राण भन्दा प्यारो लाग्छ, मेरो देश कता कता
छल्किन्छ ममता मेरो , भाव गंगा जता जता . . .
जहाँ छन् बुद्धका आँखा . . .
माया नेपालको लाग्छ, नेपाली इतिहासको
माया नेपालको लाग्छ, नेपाली इतिहासको
माया प्रकृतिको लाग्छ, कला भाषा र भेषको
पुर्खाको मन्त्र यो जप्छु, चौतारीमा बसी
जननी जन्म भूमिश्च, स्वर्गदपी गरियसी . . .
जहाँ छन् बुद्धका आँखा . . .
छ ठुलो चाहाना मेरो, आमालाई हँसाउने
छ ठुलो चाहाना मेरो, आमालाई हँसाउने
सर्बोच्च शिखरबाट, बिश्व शान्ति सुनाउने
यही प्यारो मृतिक्का माथि, पौरखी बनि कन
पार्छु यो चाहाना पूर्ण, गरि देह समर्पण . . .
जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र शुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर
प्राण भन्दा प्यारो लाग्छ, मेरो देश कता कता
छल्किन्छ ममता मेरो , भाव गंगा जता जता . . .
जहाँ छन् बुद्धका आँखा . . .
रचना : भजन शिरोमणी भक्तराज आचार्य
ReplyDeleteसंगीत : भजन शिरोमणी भक्तराज आचार्य
गायक : भजन शिरोमणी भक्तराज आचार्य