रक्शीमाथि दुई टुक्रा - हरिभक्त कटुवाल

सपना बोकेर आइदिने रातहरुलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मिठो निहु पाइएको छ
रक्शी बनइदिने पहिलो स्रस्टालाई अर्को सलाम |

म आफ्नै बाटो हिडिरहेको हुन्छु
तर खुट्टा अन्तै कतै गइदिएको हुन्छ
म तिमीलाई नै सम्झिरहेको हुन्छु
तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ
विश्वास गर! म कायल छु
तिम्रो मुस्कान जस्तै यो रक्शीसित
कहिले मैले उसलाई खाइरहेको हुन्छु
कहिले उसले मलाई खाइरहेको हुन्छ |

कटुवाल, ह. (२०२९)यो जिन्दगी खै के जिन्दगी | प्रथम संस्करण. काठमाडौँ: रत्न पुस्तक भण्डार.

Comments

Popular posts from this blog

Service and the Characteristics of Service: Intangibility, Inseparability, Variability and Perishability.

Naruto Volume 1 quotes [Episodes 1 - 7]

Naruto quotes [Volume 52-53: Episodes 484 - 504]