रक्शीमाथि दुई टुक्रा - हरिभक्त कटुवाल
सपना बोकेर आइदिने रातहरुलाई एउटा सलाम सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम सजिलैसित जिउने एउटा मिठो निहु पाइएको छ रक्शी बनइदिने पहिलो स्रस्टालाई अर्को सलाम | म आफ्नै बाटो हिडिरहेको हुन्छु तर खुट्टा अन्तै कतै गइदिएको हुन्छ म तिमीलाई नै सम्झिरहेको हुन्छु तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ विश्वास गर! म कायल छु तिम्रो मुस्कान जस्तै यो रक्शीसित कहिले मैले उसलाई खाइरहेको हुन्छु कहिले उसले मलाई खाइरहेको हुन्छ | कटुवाल, ह. (२०२९)यो जिन्दगी खै के जिन्दगी | प्रथम संस्करण. काठमाडौँ: रत्न पुस्तक भण्डार.