Posts

Showing posts from September, 2025

जनयुद्धदेखि आजसम्म

२०५२ सालको जनयुद्धमा १४–१६ वर्षका बालकका हातमा बन्दुक थमाई दियेउ, आज २०८२ सालमा आएर त्यही उमेरका बालबालिकाले कापी–कलम बोकेर विद्यालय बाट फर्किँदै गर्दा गोली बर्षाइ दियेउ। ए... मेरो देश, रगतले भिजेका कापीका पाना र आँसुले भिजेका आमा–बुबाका आँखा कठै मेरो देश...

नयाँ पुस्ताको आह्वान

अहिलेका युवालाई खाडी जान बाध्य बनायौ, भोलिका देशका कर्णधारलाई पहिला नै विवश बनाएर सडकमा उतार्यौ। साना नाबालकलाई समेत नछोडी, माथिबाट गोली चलाउने आदेश दिलायौ। स्कूल ड्रेसमा सजिएका ती फूलहरूलाई पनि निर्दयी भएर प्राण हरण गरायौ। शान्तिपूर्ण युवाको आन्दोलनलाई रगतमै डुबायौ, शान्तिपूर्ण युवाको आन्दोलनलाई रगतमै डुबायौ। एउटा–दुईले राजीनामा दिएर के सार हुन्छ, जबसम्म वृद्ध हातमा कुर्सीको लोभ बस्छ। समय आयो अब, युवालाई जिम्मा देऊ, देशको भविष्यमा नयाँ ज्योति बालिदेऊ। केही त बदलिन्छ, उज्यालो बिहान आउँछ, नयाँ पुस्ताको हातले इतिहास लेखिन्छ, नयाँ पुस्ताको हातले इतिहास लेखिन्छ।